बझाङ भूकम्प
तलकोटकी उपाध्यक्ष भन्छिन्–भूकम्पले भौतिक संरचना ध्वस्त भए
मङ्गलबार, १६ असोज २०८०, १५ : ५७

काठमाडौं । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले भौतिक संरचनामा ठूलो क्षति भएको छ ।
बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’
भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आएर बाटो बन्द भएको छ । ‘हामी अहिले घर बाहिर छौँ ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ