दुई विश्वकपसँग जोडिएको नुवान कुलशेकराको रमाइलो संयोग
काठमाडौँ । श्रीलंकाली क्रिकेटर नुवान कुलशेकरासँग पनि एकदिवसीय विश्वकपमा एउटा रमाइलो संयोग जोडिएको छ । उनी सन् २०११ को विश्वकपमा अन्तिम बल फाल्ने बलर हुन् ।
त्यसको चार वर्षपछि सन् २०१५ मा आयोजित विश्वकपमा पहिलो बल फाल्ने बलर पनि नुवान कुलशेकरा नै हुन् । सन् २०११ को विश्वकपको फाइनल खेल श्रीलङ्का र भारतबिच भएको थियो । उक्त खेलमा श्रीलङ्काले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याउँदै भारत जवाफी ब्याटिङमा ओर्लिएको थियो । त्यसपछि भारतले नुवान कुलशेकराकै बलमा विजय लक्ष्य पुरा गरेको थियो ।
उक्त फाइनलमा उनले ८.२ ओभर बलिङ गरेका थिए । त्यसपछि सन् २०१५ को विश्वकपको उद्घाटन खेल श्रीलङ्का र न्युजिल्यान्डबीच परेको थियो । न्युजिल्यान्डले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । उक्त खेलमा नुवान कुलशेकरा नै श्रीलंकाको ओपनर बलर थिए ।
यसरी सन् २०११ को विश्वकपमा अन्तिम बल र त्यसको चार वर्षपछि सन् २०१५ को विश्वकपमा पहिलो बल फाल्ने बलर बनेका थिए, नुवान कुलशेकरा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण