नेपालगन्जमा कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकको निर्णय

बुटवल । नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले गरेका छन् ।
तर, आज रातभर भने कर्फ्यू कायम रहने सम्भावना रहेको छ । कर्फ्यू हटाउन जिल्लाको सुरक्षा समितिले निर्णय गर्नुपर्ने हुन्छ । उक्त बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो छैन ।
आज सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सांसद डा धवल शमसेर राणा, प्रदेश सांसद नमुना केसी, नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुदिन राय लगायतको उपस्थिति रहेको थियो ।
बाँके जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण डाँगीले कर्फ्यू क्रमशः खुकुलो बनाउँदै लैजाने भए पनि राती कर्फ्यू हटाउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको रातोपाटीलाई बताए ।
नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट प्रशासनले कर्फ्यू लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त