नेपालगन्जमा कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकको निर्णय
बुटवल । नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले गरेका छन् ।
तर, आज रातभर भने कर्फ्यू कायम रहने सम्भावना रहेको छ । कर्फ्यू हटाउन जिल्लाको सुरक्षा समितिले निर्णय गर्नुपर्ने हुन्छ । उक्त बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो छैन ।
आज सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सांसद डा धवल शमसेर राणा, प्रदेश सांसद नमुना केसी, नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुदिन राय लगायतको उपस्थिति रहेको थियो ।
बाँके जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण डाँगीले कर्फ्यू क्रमशः खुकुलो बनाउँदै लैजाने भए पनि राती कर्फ्यू हटाउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको रातोपाटीलाई बताए ।
नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट प्रशासनले कर्फ्यू लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण