शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

बिहीबार, १८ असोज २०८०, १७ : ४८
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो । 

केन्द्रीय प्रवक्ता प्रवक्ता डीआइजी कुबेर कडायतका अनुसार मंगोलियाविरुद्ध खेलेको खेलमा उत्कृष्ठ प्रदर्शन गरेसँगै उनलाई पुरस्कारस्वरुप सहायक हवल्दारमा बढुवा गरिएको हो । 

एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ऐरीले टी २० मा सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप