शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री खड्का र बेलायतका आवासीय राजदूत फेनबीच शिष्टाचार भेट

बिहीबार, १८ असोज २०८०, १८ : ५४
बिहीबार, १८ असोज २०८०

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि बेलायतका आवासीय राजदूत रोव फेनले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार रक्षा मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नवनियुक्त बेलायती राजदूतलाई स्वाग गर्दै दुई देशबीच  सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गरे । बेलायती राजदूत फेनको  नेपाल बसाइँको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

भेटका क्रममा राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको एक सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए । 

राजदूत फेनले आफ्नो कार्यकालमा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राखे । भेटमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप