उपप्रधानमन्त्री खड्का र बेलायतका आवासीय राजदूत फेनबीच शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका आवासीय राजदूत रोव फेनले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार रक्षा मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नवनियुक्त बेलायती राजदूतलाई स्वाग गर्दै दुई देशबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गरे । बेलायती राजदूत फेनको नेपाल बसाइँको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।
भेटका क्रममा राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको एक सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए ।
राजदूत फेनले आफ्नो कार्यकालमा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राखे । भेटमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण