पानीले बिथोल्यो एमाले गण्डकीको मतदान
बिहीबार, १८ असोज २०८०, १९ : ४२
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ । मतदान स्थल बाहिर भीषण वर्षा भएपछि मतदानमा समस्या भएको हो ।
साढे ५ बजेसम्मका लागि समय दिइएकोमा अझै २ सय हाराहारी मत खस्न बाँकी रहेको र मतदाता लाइनमा रहेका निर्वाचन समितिले जनाएको छ । ‘लाइनमा बसेका मतदातालाई मतदानको अधिकार दिनै पर्छ,’ संयोजक सुरेन्द्र थापामगरले भने, ‘अहिले पानी परिरहेको छ । केही समस्या परेको छ ।’
पोखरा सभागृहमा मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार मतदान गर्न अझै २ घण्टाजति समय लाग्नेछ । त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताइएको छ । मेसिन मार्फत मतदान भएकोले गणनामा धेरै समय नलाग्ने निर्वाचन समितिले जनाएको छ । साढे २ घण्टाभित्र सबै नतिजा आइसक्ने समिति संयोजक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण