कनवे र रवीन्द्रसामु नतमस्तक बन्यो इंग्ल्याण्ड
अहमदाबाद । रचिन रवीन्द्र र डेभन कनवेको शतकीय पारीको मद्दतले न्युजिल्याण्डले साबिक विजेता इंग्ल्याण्डमाथि ९ विकेटको शानदार जीत हासिल गरेको छ । १३ औँ एकदिवसीय विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्याएको हो ।
न्युजिल्याण्डका लागि कनवेले नटआउट रहँदै १ सय ५२ रनको विस्फोटक पारी खेले । उनले मात्र १२१ बलमा १९ चौका र ३ छक्का हिर्काए । त्यस्तै, रवीन्द्रले पनि नटआउट रहँदै ९६ बलमा १ सय २३ रन बनाए । उनले ११ चौका र ५ छक्का हिर्काए । उनी खेलमा प्लेयर अफ द म्याच चुनिए ।
न्युजिल्याण्डले खेलमा एक मात्र विकेट विल यङको गुमायो । उनलाई साम करनले शून्यमा आउट गरेका थिए ।
गत संस्करणको फाइनलको ‘रिप्ले’ खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक ७७ रनको योगदान दिए । ८६ बलको सामना गर्दै रुटले ४ चौका र एक छक्का हिर्काए । उनलाई कप्तान जोस बट्लरले ४३ रन बनाउँदै राम्रो साथ दिए । म्याट हेनरीको शिकार बन्न अघि बट्लरले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
त्यसैगरी ओपनर जोनी बेयर्सटोले ३५ बलमा ३३ रनको पाली खेले भने ह्यारी ब्रुकले २५ रनको योगदान दिए । यता इंग्ल्याण्डलाई रोक्न म्याट हेनरीले ३ विकेट लिए भने मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले २–२ विकेट लिए । ट्रेन्ट बोल्ट र रचिन रवीन्द्रले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण