बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

मन्त्रीको निर्देशनमा जुम्ला उड्यो जहाज, ताप्लेजुङ र फाप्लुको उडान रद्द

बिहीबार, १८ असोज २०८०, २१ : २२
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । जुम्लामा दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भीर बिरामी भई उपचारको पर्खाइमा रहेका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट उद्दार गरिएको छ ।

बिरामीलाई तत्काल थप उपचारको लागि नेपालगञ्ज लैजानुपर्ने भएपनि खराब मौसमको कारण विगत केही दिनदेखि उडान नभएको अवस्थालाई मध्यनजर गरी  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको विशेष निर्देशनमा निगमको जहाजबाट बिरामीको उद्धार गरिएको हो । 

बिरामीको उद्धारमा विमान पठाइँदा बिहीबार आरए १२९ (ताप्लेजुङ) र आरए ११७ फाप्लु (सोलुखुम्बु) नियमित उडान रद्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ ।  उक्त उडानहरु भोलि बिहान नियमित समयमा हुने निगमले जनाएको छ । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप