चिकित्सक र स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न त्रिविको माग
शुक्रबार, १९ असोज २०८०, ०९ : ०५
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिए स्वास्थ्यकर्मी विदेश पलायन हुन सक्ने चेतावनी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका चिकित्सक र स्वास्थ्यकर्मी स्वदेश तथा विदेशमा समेत गुणस्तरीय सेवा प्रदान गरेकाले केही उच्छृङ्खल तत्वले उपचारमा लापरबाही भयो भनेर शृङ्खलाबद्ध रूपमा आक्रमण गनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले चिकित्सक र स्वास्थ्यकर्मीले रातदिन, बिरामीको चित्कार, पारिवारिक समस्या, चाडबाड, बाढीपहिरो, महामारीलगायतका परिस्थितिमा पेसागत निष्ठामा रहेर काम गरेकाले सम्मान गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण