सरकारले कयौँ विषयमा गल्ती गरेको छ : महामन्त्री शर्मा
शुक्रबार, १९ असोज २०८०, १४ : ३९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए । उनले सरकारले संसदमा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण