बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाऔँ : महामन्त्री शर्मा

शुक्रबार, १९ असोज २०८०, १८ : ०८
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् ।  

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यहरुले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफी दिन सकिने बताए । तर परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताए । 

महामन्त्री शर्माले नेपालगञ्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैधता दिनु नहुने बताए । उनले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहिनता बढेर जाने बताए ।

महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताए । उनले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरु रोकिने बताए । उनले संसदमा हुने सांसदहरुको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताए ।

महामन्त्री शर्माले राजनीतिकर्मीहरु आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप