दाङमा आज प्रदेशस्तरीय भेला गर्दै जसपा
दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशस्तरीय भेला बोलाएको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार समिति, सङ्घीय परिषद्का सदस्यहरूलाई प्रदेशस्तरीय भेलामा बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले ३ महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ । त्यसै सिलसिलामा दाङको लमहीमा डाकिएको भेलाले प्रदेशको साङ्गठनिक योजना तर्जुमा गर्नुका साथै लुम्बिनी प्रदेश समिति समेत पुनर्गठन गर्ने छ ।
भेलामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला तथा पालिका, जनवर्गीय सङ्गठनका अगुवा कार्यकर्ताहरूको समेत उपस्थिति रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण