राष्ट्रपतिसँग प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयको अलग अलग भेटवार्ता
शनिबार, २० असोज २०८०, १९ : ००
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले भेटवार्ता गरेका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिवार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आफनो दुबै भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए । उनका अनुसार सो भेटमा मुलुकको अहिलेका समसामयिक विषयमा पनि छफलफल भएको थियो ।
यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजै भेट गरी समसामयिक विषयमा छलफल गर्नुभएको पनि पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण