सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल

शनिबार, २० असोज २०८०, २१ : ३७
शनिबार, २० असोज २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दुधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छन् । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दुधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गरेकी हुन् ।

महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर २५ पैसाबाट सुरु गरेको अनुदान अहिले ३ रुपैयाँ पुराएको प्रमुख दाहालले जानकारी दिइन् । महानगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भए दुधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गरिन् । आन्तरिक अम्दानी सोचेअनुसार सङ्कलन हुन नसकेकाले यस आर्थिक वर्षमा दुधमा अनुदान वृद्धि गर्न नसकेको उनको भनाई थियो ।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक ७ हजार लिटरभन्दा बढी दुध सङ्कलन गरी नमुना काम गरेकोमा बधाई पनि दिइन् ।  सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठुलो रकम पाउने गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप