दुधमा दिने अनुदान वृद्धि गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दुधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छन् । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दुधमा अनुदान दिने देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गरेकी हुन् ।
महानगरपालिकाले २०७४ सालमा पहिलो पटक प्रति लिटर २५ पैसाबाट सुरु गरेको अनुदान अहिले ३ रुपैयाँ पुराएको प्रमुख दाहालले जानकारी दिइन् । महानगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भए दुधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गरिन् । आन्तरिक अम्दानी सोचेअनुसार सङ्कलन हुन नसकेकाले यस आर्थिक वर्षमा दुधमा अनुदान वृद्धि गर्न नसकेको उनको भनाई थियो ।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक ७ हजार लिटरभन्दा बढी दुध सङ्कलन गरी नमुना काम गरेकोमा बधाई पनि दिइन् । सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठुलो रकम पाउने गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण