जनकपुर बिग मार्टमा भएको आगलागी नियन्त्रणमा, करोडौं क्षति भएको दाबी
जनकपुरधाम । जनकपुरधामस्थित बिग मार्टमा आगलागी भएको आगलागी करिब ८ घण्टा भन्दा बढी समयको प्रयासपछि नियन्त्रणमा लिइएको छ ।
उपमहानगर–८ रमानन्द चोकस्थित रहेको मार्टमा भएको आगलागी जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केवरको बारुण यन्त्र, स्थानीय र करिब तीन दर्जन नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवं प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
मार्टमा गए राती सवा १ बजे आगलागी भएको थियो । आफ्नै साढे दुई तल्ले भवनमा रामबाबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो । आगलागी हुँदा १० करोडभन्दा बढीको क्षति भएको सञ्चालकको दाबी गरेका छन् । आगलागीबाट मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा समेत क्षति पुगेको छ। तर कुनै पनि मानवीय क्षति भने नभएको डिएसपी अवाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण