शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल पक्राउ

आइतबार, २१ असोज २०८०, ११ : ५४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । फिल्मको पाइरेशी र आपराधिक विश्वासघातको आरोपमा उनी शुक्रबार पक्राउ परेका हुन् । अग्रवाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

फिल्म ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएको आरोप उनलाई लगाएका छन् ।

‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बारिह प्रदर्शन र प्रचारप्रसार गराएकोले आफुलाई ठुलो घाटा भयो भनेर उनीविरुद्ध उजुरी दिएका छन्’, ती अधिकृतले भने– ‘पाइरेशी तथा आपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् ।’ प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप