इजरायल : एयर इन्डियाद्वारा तेल अभिभ जाने फ्लाइट रद्द
आइतबार, २१ असोज २०८०, १४ : ५८
एयर लाइन कम्पनी एयर इन्डियाले इजरायलको सहर तेल अभिभ जाने आफ्नो सबै फ्लाइटलाई १४ अक्टोबरसम्म रद्द गर्ने निर्णय गरेको छ ।
इजरायल र प्यालेस्टिनबिच जारी सङ्घर्षलाई मध्य नजर गर्दै कम्पनीले यो निर्णय लिएको छ ।
समाचार एजेन्सी पिटिआईका अनुसार एयरलाइनका एक प्रवक्ताले भने, ‘यात्री र चालक दलको सुरक्षालाई मध्यनजर गर्दै तेल अभिभ जाने हाम्रो सबै विमान १४ अक्टोबरसम्म रद्द गरिनेछ ।’
‘जसले यो अवधिमा पहिले नै बुकिङ गरेका थिए, ती यात्रीलाई कम्पनीले हर सम्भव सहयोग गर्नेछ ।’
इजरायल र हमासबीच सङ्घर्षमा दुवैतिरका ६०० भन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाल्मीकि विद्यापीठको नक्ली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
-
बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि, १५ विधाका खेलमा प्रतिस्पर्धा हुने
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण