आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायल : एयर इन्डियाद्वारा तेल अभिभ जाने फ्लाइट रद्द

आइतबार, २१ असोज २०८०, १४ : ५८
आइतबार, २१ असोज २०८०

एयर लाइन कम्पनी एयर इन्डियाले इजरायलको सहर तेल अभिभ जाने आफ्नो सबै फ्लाइटलाई १४ अक्टोबरसम्म रद्द गर्ने निर्णय गरेको छ । 

इजरायल र प्यालेस्टिनबिच जारी सङ्घर्षलाई मध्य नजर गर्दै कम्पनीले यो निर्णय लिएको छ । 

समाचार एजेन्सी पिटिआईका अनुसार एयरलाइनका एक प्रवक्ताले भने, ‘यात्री र चालक दलको सुरक्षालाई मध्यनजर गर्दै तेल अभिभ जाने हाम्रो सबै विमान १४ अक्टोबरसम्म रद्द गरिनेछ ।’

‘जसले यो अवधिमा पहिले नै बुकिङ गरेका थिए, ती यात्रीलाई कम्पनीले हर सम्भव सहयोग गर्नेछ ।’

इजरायल र हमासबीच सङ्घर्षमा दुवैतिरका ६०० भन्दा बढीको मृत्यु भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप