बुटवलमा फोटोनको नयाँ शोरुम उद्घाटन
काठमाडौँ । फोटो गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ ३ एस शोरूम, नेटवर्क विस्तार गरेको छ । जसबाट ग्राहकहरुले सेल्स, सर्विस र पार्ट्सको सम्पूर्ण सुविधा लिन सकनेछन् । बुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ ३ शोरुम नेटवर्क संचलनमा ल्याएको हो । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको छ ।
नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्बसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक 'टीएम १' लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।
नयाँ शोरुमबाट विक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण