बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षक महासंघ र निजी विद्यालयहरुसँग छलफल गरेर नै शिक्षा विधेयक संसदमा दर्ता गरिएको हो : शिक्षामन्त्री राई

आइतबार, २१ असोज २०८०, १६ : २२
आइतबार, २१ असोज २०८०

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले निजी क्षेत्रका विद्यालय सञ्चालकहरुसँग छलफल गरेर नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा तयार पारिएको विधेयक संसदमा दर्ता गरिएको जानकारी गराए । 

उनले भने– ‘चुनावपछि निर्माण भएको सरकारले यो विधेयकको बारेमा सरोकारवालासँग छलफल गरेर प्रक्रियामा अघि बढाएको हो । अहिले संसदमा दर्ता गर्न भन्दा अगाडि सरकारले बहुत गम्भीरतापूर्वक शिक्षक महासंघसँग बारम्बार छलफल गरेर, राय मस्यौदा गरेर, निजी क्षेत्रका शिक्षक संगठनहरु सँगपनि, निजी बिद्यालय सञ्चालकहरुसँग पनि विधेयकलाई परिमार्जन गरेर नै दर्ता गरिएको हो ।’   

दर्ता अगाडि ब्रिफिङ गर्दा बधाई पनि पाएको बताउँदै त्यसमा प्रष्टता पार्न भने कमजोरी भएको हुनसक्ने बताए ।  मन्त्री राईले विधेयक संसदमा दर्ता भइसकेको सन्र्दभमा आन्दोलनरत पक्षसँग सहमति गरेको अप्ठेरो परिस्थिति रहेको बताउँदै सो सहमति समावेश गर्न बिधेयक फिर्ता लिएर फेरी दर्ता गर्न सुझाव आएको तर त्यसो नगरिएको बताए ।

उनले आएका विचार, सुझाव र मागलाई संसदीय प्रक्रियामार्फत नै लैजाने निष्कर्षमा पुगेको र यही समझदारी बनाएको बताए । उनले शिक्षकहरुले उठाएका माग र सहमतिलाई संसदीय प्रक्रियामार्फत नै सामावेश गरेर अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप