फोहर मैलालाई आम्दानीको स्रोतको रूपमा बदल्ने गरी काम गरौँ : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहर मैलालाई स्रोतको रूपमा उपयोग गर्नु पर्ने बताएका छन् ।
उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्न सक्ने गरी विश्वका विभिन्न ठाउँमा काम भएको प्रसङ्ग निकाल्दै अब फोहरलाई उपयुक्त तरीकाबाट प्रयोग गरी आर्थिक विकासमा जोड्न सकिने बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहर मैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई आज रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले फोहर मैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नुपर्नेमा प्रदेश सरकार लागि रहेको बताए ।
उनले फोहर मैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर अगाडि बढ्ने र त्यसलाई सरकारले अभियानको रूपमा लैजाने बताए ।
कानुनको मस्यौदा तयार गर्दा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयसँग छलफल गरेर ल्याउनुपर्ने बताए ।
उनले फोहर व्यवस्थापनको लागि आफूबाटै सुरुवात गर्नु पर्ने बताउँदै अहिले फोहर मैला जथाभाबी फाल्ने चलन भएको औँल्याउदै अव सबैले फोहर मैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताए ।
त्यसरी राखिएको फोहर मैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उनको भनाई थियो ।मुख्यमन्त्री चौधरीले फोहर मैला व्यवस्थापनको लागि कानुनी रूपमै समाधान खोज्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण