बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यामालले कीर्तिमान बनाउँदा जोगियो बार्सिलोना

सोमबार, २२ असोज २०८०, ०६ : ४०
सोमबार, २२ असोज २०८०

मड्रिड । युवा खेलाडी लामिन यामाल ला लिगाको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा बार्सिलोनाले दुई गोलले पछि परेको स्थितिबाट ग्रानाडाविरुद्धको खेल बराबरी गर्न सफल भएको छ ।

१६ वर्ष ८७ दिनको उमेरमा गोल गर्दै यामालले बार्साको पुनरागमनको सुरुवात गरेका थिए । बार्सा खेलको १७ सेकेण्डमा नै पछि परेको थियो । ब्रयान जारागोजाले ग्रानाडालाई अग्रता दिलाएका थिए । उनले २९ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

तर, यामालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सालाई खेलमा फर्काएका थिए । त्यसपछि ८५ औँ मिनेटमा सर्जी रोबर्टोले खेल बराबरी गर्दै बार्सालाई एक अङ्क दिलाए ।

९ खेलपछि बार्सा २१ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा टोली ३ अङ्कले पछि रहेको छ भने दोस्रो स्थानको जिरोनाभन्दा १ अङ्कले पछि छ । उता, एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप