यामालले कीर्तिमान बनाउँदा जोगियो बार्सिलोना
मड्रिड । युवा खेलाडी लामिन यामाल ला लिगाको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा बार्सिलोनाले दुई गोलले पछि परेको स्थितिबाट ग्रानाडाविरुद्धको खेल बराबरी गर्न सफल भएको छ ।
१६ वर्ष ८७ दिनको उमेरमा गोल गर्दै यामालले बार्साको पुनरागमनको सुरुवात गरेका थिए । बार्सा खेलको १७ सेकेण्डमा नै पछि परेको थियो । ब्रयान जारागोजाले ग्रानाडालाई अग्रता दिलाएका थिए । उनले २९ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
तर, यामालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सालाई खेलमा फर्काएका थिए । त्यसपछि ८५ औँ मिनेटमा सर्जी रोबर्टोले खेल बराबरी गर्दै बार्सालाई एक अङ्क दिलाए ।
९ खेलपछि बार्सा २१ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा टोली ३ अङ्कले पछि रहेको छ भने दोस्रो स्थानको जिरोनाभन्दा १ अङ्कले पछि छ । उता, एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण