चीन प्रवेश गर्ने पास बनाउन प्रशासनको आग्रह
पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङले चीन प्रवेश गर्ने पास बनाउनका लागि सम्बन्धित पालिकाका नागरिकलाई आग्रह गरेको छ । मुस्ताङमा १८ देखि ३३ नम्बरसम्म पिलर छ ।
त्यसमध्ये २४ नम्बर पिलरबाट मात्रै औपचारिक आउजाउ हुन्छ । कोरोनाको समयदेखि ठप्प रहेको यो नाका खोल्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला भैसकेको छ । अहिले नाका खुल्नुअघि नै सम्बन्धित व्यक्तिहरुलाई पासको व्यवस्था गर्न लागिएको हो ।
मुस्ताङको लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका नागरिकलाई चीन छिर्ने पास दिन लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार पास छापेर लगिसकिएको र मंगलबारदेखि आवश्यक कागजात पुर्याएर वितरण गरिनेछ । प्रवेश अनुमति पत्र बनाउन १० रुपैयाँको हुलाक टिकट सहित वडा कार्यालयबाट बसोबास गरिरहेको प्रमाण पुग्ने सिफारिस, नागरिकता, २ प्रति फोटो र यसअघि लिएको पास कार्ड चाहिने प्रशासनले जनाएको छ ।
२०७८ सम्म यहाँका नागरिकका पास रिन्यु हुँदै आएको थियो । तर नाका खुल्ने छाँटकाँट नभएपछि नवीकरण समेत रोकियो । नाका नखुल्दा उत्तरी क्षेत्रका नागरिकको दैनिकीमा समस्या हुँदै आएको छ । यसअघि नै गोरखाले समेत बोर्डर पासका लागि प्रक्रिया अघि बढाइसकेको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका नागरिकलाई बोर्डर पास वितरण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण