इजरायल तनाव : रवि लामिछानेले गरे राजदूत र नेपाली विद्यार्थीहरूसँग छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजरायलस्थित नेपाली राजदूत कान्ता अर्यालसँग छलफल गरेका छन् । सभापति लामिछानेले सोमबार इजरायलमा रहेका विद्यार्थी, नेपाली संस्थाका प्रतिनिधि र राजदूत अर्यालसँग छलफल गरेका हुन् ।
छलफलमा इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षा अवस्था, उद्धारका लागि भइरहेका प्रयास र सुरक्षित व्यवस्थापनबारे कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
छलफलमा राजदूत अर्यालले द्वन्द्वग्रस्त क्षेत्रमा रहेकालाई सुरक्षित ठाउँमा ल्याउन थालिएको भन्दै संयम अपनाउन आग्रह गरेका थिए । सभापति लामिछानेले द्वन्द्वको संवेदनशीलता बुझेर कदम चाल्न त्यहाँ रहेका नेपाली र दूतावासलाई अनुरोध गरेका छन्।
द्वन्द्वग्रस्त क्षेत्रमा बंकरभित्र बसिरहेका विद्यार्थीले भने तीन दिन बित्दा समेत उद्धारको प्रयास नगरिएको गुनासो गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण