मुम्बई फिल्म फेस्टिभलमा नेपालका ‘द रेड सुटकेस’ र ‘गुराँस’ प्रतिस्पर्धामा

काठमाडौँ । भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ ।
आइसफल प्रोडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रोडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । ‘द रेड सुटकेस’ बाहेक सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धी रहेको छ । फिल्मलाई पनि आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।
लो आइक्यू प्रोडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो । ‘गुराँस’को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउस एसियन प्रिमियर सम्पन्न भएको थियो ।
आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनौट भएकोमा निर्माता पोखरेलले प्रशन्नता व्यक्त गरेका छन् । उनले एउटै विधामा आफ्ना दुई फिल्म प्रतिस्पर्धामा रहनु दोहोरो खुसीको कुरा भएको बताए ।
यही अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो साल २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा ४० वटा वल्र्ड प्रिमियर, ४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी