राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबारका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबारका राखिएका सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ । इजरायलमा प्यालेस्टानको हमास समूहको आक्रमणमा परी १० जना नेपालीले मृत्यु भएपछिको राष्ट्रिय शोकको अवस्थालाई मध्यनजर गर्दै सबै कार्यक्रमहरु स्थगित गरिएको हो ।
सोमबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । इजरायलमा उद्दारको पर्खाइमा धेरै नेपााली रहेकोले प्रभावकारी कूटनीतिक पहल गर्न समेत बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
इजरायलको घटनाले सम्पूर्ण नेपालीहरू शोकमा परेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले यो घटनाको घोर भर्त्सना गर्ने निर्णय गरेको पनि परियारले बताए । प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा पार्टी सभापति रवि लामिछानेले घटनाका घाइते तथा अलपत्र परेकाहरुको उद्धारमा सरकारलाई महत्त्वपूर्ण सुझाव दिएको पनि उनले बताए । साथै पार्टीले यही असोज २९ र ३० गते नीति मन्थन कार्यशाला गर्ने निर्णय गरेको परियारले जानकारी दिए ।
आजै दिउँसो सभापति लामिछानेले इजरायलको घटनाका घाइते, इजरायलमा रहेका अधिकारकर्मी तथा इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालसँग जुम मिटिङ गरेर उद्दारमा भएको प्रयास र त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण