आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबारका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

सोमबार, २२ असोज २०८०, २३ : ०६
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबारका राखिएका  सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ । इजरायलमा प्यालेस्टानको हमास समूहको आक्रमणमा परी १० जना नेपालीले मृत्यु भएपछिको राष्ट्रिय शोकको अवस्थालाई मध्यनजर गर्दै सबै कार्यक्रमहरु स्थगित गरिएको हो । 

सोमबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले  यस्तो निर्णय गरेको दलका  प्रमुख सचेतक सन्तोष परियारले बताए । इजरायलमा उद्दारको पर्खाइमा धेरै नेपााली रहेकोले प्रभावकारी कूटनीतिक पहल गर्न समेत बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

 इजरायलको घटनाले सम्पूर्ण नेपालीहरू शोकमा परेको बताउँदै  राष्ट्रिय स्वतन्त्र पार्टीले यो घटनाको घोर भर्त्सना गर्ने निर्णय गरेको पनि परियारले बताए । प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा पार्टी सभापति रवि लामिछानेले घटनाका घाइते तथा अलपत्र परेकाहरुको उद्धारमा सरकारलाई महत्त्वपूर्ण सुझाव दिएको पनि उनले बताए ।  साथै पार्टीले यही असोज २९ र ३० गते नीति मन्थन कार्यशाला गर्ने निर्णय गरेको परियारले जानकारी दिए । 

आजै दिउँसो सभापति लामिछानेले इजरायलको घटनाका घाइते, इजरायलमा रहेका अधिकारकर्मी तथा इजरायलका लागि नेपाली  राजदुत कान्ता रिजालसँग जुम मिटिङ गरेर उद्दारमा भएको प्रयास र त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप