हरेक साता फिल्मले नयाँ रेकर्ड बनाउनुपर्छ : अभिनेता खगेन्द्र
काठमाडौंँ । अभिनेता खगेन्द्र लामिछाने लेखक, निर्माता, निर्देशक पनि हुन् । ‘पानीफोटो’ फिल्मबाट निर्देशक बनेका उनले केही फिल्ममा लेखन तथा निर्माणको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
खगेन्द्रको लेखन तथा निर्माण रहेको पछिल्लो फिल्म हो ‘पशुपति प्रसाद २ः भष्मे डन’ । जुन आगामी कात्र्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । रिलिज मिति नजिकिदै गर्दा फिल्मको चर्चाले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ ।
यस अगाडि फिल्म ‘कबड्डी ४’ले खडा गरेको २२ करोड ब्यवसायको रेकर्ड यो फिल्मले तोड्न आँकलन धेरैको छ । फिल्म निर्माता तथा लेखक खगेन्द्र भने आफ्नो फिल्मले मात्र होइन, हरेक फिल्मले नयाँ रेकर्ड बन्नुपर्ने धारणा राख्छन् ।
‘हामीले कहिले पनि आफ्नो फिल्मले रेकर्ड तोड्नुपर्छ भनेर सोचेका छैनौं । तर, मिडियाले डरको रुपमा यसलाई प्रस्तुत गरेको छ । म त के भन्छु भने हरेक साता नेपाली फिल्मले पुरानो रेकर्ड ध्वस्त पार्नुपर्छ’, उनले थपे ‘छक्का पन्जा’को रेकर्ड ‘कबड्डी ४’ले तोड्यो । ‘कबड्डी ४’को रेकर्ड अव ‘पशुपति प्रसाद २’ले तोड्नुपर्छ ।’ हरेक साता एकपछि अर्काे ब्यवसायिक रेकर्ड तोडिएको खण्डमा मात्र बक्स अफिस बलियो हुने उनको धारणा छ ।
‘म नयाँ रेकर्ड बनाएपछि केही बर्ष नतोडिएको खण्डमा ‘भाले’ भएर बस्न पाइन्छ भनेर कहिलै पनि सोच्दिन’ उनले थपे ।
‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि फिल्ममा बिषेश भुमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण