११ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा
बुधबार, २४ असोज २०८०, १३ : ३४
बाँके । बाँकेको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो ।
सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए । बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण