जसपाले तोक्यो राष्ट्रिय समितिका इन्चार्ज
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश समिति मातहतका चारवटा राष्ट्रिय समितिमा इन्चार्ज तोकेको छ । तीन महिने पार्टी संगठन सुदृढीकरण अभियान सफल बनाउन प्रदेश समिति मातहतका लिम्बुवान, किराँत, मधेस र शेर्पालुङ राष्ट्रिय समितिमा इन्चार्ज तोकिएको सो प्रदेशका अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।
लिम्बुवानमा केन्द्रीय उपाध्यक्ष प्रेम वनेम, किराँतमा उपाध्यक्ष दिपेश राई, मधेशमा सचिव अनिल ठाकुर र शेर्पालुङमा प्रदेश सदस्य आङछेपाल शेर्पालाई इन्चार्ज तोक्ने निर्णय गरिएको उनले बताए ।
जसपा विधानको धारा ४४ को ३ अन्तर्गत प्रदेशभित्रका राष्ट्रिय समितिहरुको परिचालन गर्ने अधिकार प्रदेश समितिलाई दिइएको छ । त्यस्तै विधानको धारा ९९ को उपदफा ५ को (क) मा पार्टी समितिहरुले मातहतका समिति तथा जनवर्गीय संगठनहरुमा इन्चार्ज र सहइन्चार्ज खटाउने उल्लेख छ ।
सोही बैठकले इटहरीस्थित जसपा प्रदेश पार्टी कार्यालयको सचिवमा फिपराज बेघालाई नियुक्त गर्ने निर्णय भएको समेत मुख्य सचिव घनश्याम कटुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण