सुरक्षालाई चुनौती दिँदै एमाले नेता कार्यकर्ताहरु ओलीको स्वागत गर्न धावनमार्गसम्मै पुगे
बुधबार, २४ असोज २०८०, १४ : ५४
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । सुरक्षालाई चुनौती दिँदै उनीहरु बुधबार अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् ।
मधेस प्रदेशको अधिवेशनलाई उद्घाटन गर्न यति एयरलाइन्सको विमानबाट जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता कार्यकर्ताले धावनमार्गमै पुगेर स्वागत गरेको विमानस्थलले जनाएको हो ।
जनकपुरधाम विमानस्थलका प्रमुख भिमदत्त्त पन्तले भने, 'भीआईपी रुमभन्दा अगाडि जान नपाइने हो । हामीले रोक्न खोजेकै हो तर सुरक्षा निकायका सबै जनाकै अगाडि जबरजस्ती गरेर उहाँहरु धावनमार्ग जानुभयो ।' सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न नपाइने उनले बताए ।
प्रमुख पन्तले १५–२० जना मात्रै त्यहाँसम्म गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण