अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे
बुधबार, २४ असोज २०८०, १६ : २९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । उनले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताए । उनले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरुले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताए ।
उपाध्यक्ष पाण्डेले फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन भन्दै प्रश्नसमेत गरे । उनले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।
उपाध्यक्ष पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण