नेपाली सुपारी भारत निकासीका लागि सहजीकरण गर्छौँ : कृषि समिति
काठमाडौँ । संसदीय समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले नेपाली सुपारीले बजार नपाएको गुनासो आएकाले त्यसलाई सम्बोधन हुनेगरी पहल लिन लागिएको बताइन् ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले नेपाली सुपारी किसानहरुको मारलाई सम्बोधन गर्नका लागि तत्काल अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयुक्त बैठक बोलाई त्यसको निकास हुनेगरी छलफल गर्न लागिएको बताइन् ।
नेपालमा करिब १४ हजार मेट्रिक टन सुपारी बिक्री वितरण नभएर सड्ने अवस्थामा रहेको गुनासो किसानहरुले गरेपछि त्यसको निकासका लागि आफूले सम्बन्धित पक्षसँग छलफल गरी निकासीका लागि सरकारलाई निर्देशन दिन लागिएको समितिकी सभापति राणाको भनाई थियो ।
त्यसैगरी समितिले माछा पालक किसानहरुको समस्या समाधानका लागि पनि आन्तरिक छलफल गरी सरकारलाई सो सम्बन्धमा सचेत गराउने तयारी गरेको छ ।
बैठकमा समितिका सदस्यहरुले कृषि क्षेत्रको विकासमा फड्को मार्ने गरी लाग्न सरकारलाई सचेत गराएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सूर्यकुमारी श्रेष्ठले कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि किसानहरुको घरघरमा कृषि प्राविधिकहरुको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । नेपालभन्दा कम उर्वर भूमि रहेको बंगलादेशले धान उत्पादनमा फड्को मारेपनि उर्वर भूमि रहेको नेपालमा भने त्यसको विकासका लागि सरकारले कुनै ठोस नीति नै बनाउन नचाहेको उनको गुनासो थियो ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री वीरबहादुर बलायरले कृषि क्षेत्रको विकासका लागि प्रतिबद्ध नरहेको भन्दै सरकारको आलोचना गरे । उनले देशको आवश्यकता अनुसार कृषि प्रोजेक्टहरुको परिचालनमा ध्यान दिन पनि सरकारलाई सचेत गराए ।
बैठकमा बंगलादेशको भ्रमणमा गएका सांसदहरुले त्यहाँको कृषि क्षेत्रको प्रगतिबारे चर्चा गर्दै सरकारलाई त्यहाँबाट सिकेर अघि बढ्न ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण