इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी
बुधबार, २४ असोज २०८०, १७ : १२
काठमाडाैँ । इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन् ।
‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ । उहाँको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको छ ।’ उनले भनिन् ।
इजरायल र गाजा बीचको युद्धका क्रममा जोशी शनिवारदेखि नै सम्पर्कविहीन बनेका छन् । उनको खोजीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, इजरायलका विभिन्न संयन्त्र समेत परिचालन गरेर समेत परिचालन भइरहेको उनको भनाई छ ।
विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको समेत तथ्याङ्क सङ्कलन गरेर सोही आधारमा समेत उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण