मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसको विकास चाहिए एमालेलाई भोट हाल्नुस् : ओली

बुधबार, २४ असोज २०८०, १९ : ३२
बुधबार, २४ असोज २०८०

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाए । एमाले लोकप्रिय पार्टी रहेको उनको भनाइ थियो ।

उनले मुलुकमा जतिखेर पनि एमालेको सरकार बन्न सक्ने टिप्पणी गर्दै मधेसमा विकास चाहिए एमालेलाई भोट दिनुपर्ने बताए ।

एमालेलाई भोट नदिए कुनै पनि हालतमा मधेसमा विकास नहुने दाबी गर्दै ओलीले २०७४ सालमा आफूहरुलाई निषेध गरेको नबिर्सिएको जनाए । आफ्नो पार्टी मधेसमा पहिलो पार्टी बने पनि विभिन्न हावाहुरी चलाउनेको नेतृत्व मधेसमा रहेकाले विकास हुन नसकेको भन्दै उनले अब एमालेले नेतृत्व पाउनुपर्ने तर्क गरे ।

एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसवादी दलहरुको सत्ता लोभले मधेसको विकास नभएको दाबी गरे । उनले एमाले सदैव मधेसीको हक अधिकारको पक्षमा रहेको र एमालेले नै मधेसी जनताको अधिकार दिलाएको जिकिर गरे ।

महासचिव शंकर पोखरेलले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले सातै प्रदेशमध्ये मधेश प्रदेश सरकार सर्वाधिक असक्षम रहेको दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको जन्मभूमि, कर्मभूमि र भविष्य पनि मधेस नै रहेकाले क्षेत्रीय दलहरुको भुलभुलैयामा मधेसी जनता नफस्ने दाबी गरे ।

पार्टी सचिव तथा कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले केपी ओलीकै कारण मधेसमा आज सडक, रेल सम्भव भएको बताए ।

उनले मधेसी जनताले एमालेलाई भोट हाले आगामी दिनमा सिँचाइको व्यवस्था पनि आफूहरूले गर्ने उनले बताए ।

पोलिटब्यूरो सदस्यहरु लीलानाथ श्रेष्ठ, जुली महतो लगायतले मधेसी जनताले मधेसी दलबाट के पाए भन्ने प्रश्न गरे । एमाले बिना मधेसको विकास असम्भव भएको उनीहरूको जिकिर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप