जसपाको भोजपुर जिल्ला समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको भोजपुर जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट आसकुमार राईको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शाहीमान राई र मञ्जु राई सचिवमा नरराज राई, उपसचिवमा बालानन्द ढकाल, नवराज चर्मकार र कोषाध्यक्षमा इन्दिरा राई चयन भएका छन् ।
जसपाको विधानमा जिल्ला समिति ५७ सदस्यसम्मको बनाउन सक्ने प्रावधान छ । जसपाले सञ्चालन गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा जिल्ला समन्वय समितिलाई जिल्ला समितिमा रुपान्तरण गर्ने कामलाई तिव्रता दिएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राईको प्रमुख अतिथि रहेका थिए भने किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश समिति, राष्ट्रिय समितिका तथा स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण