मुख्यमन्त्रीमा आङ्बोलाई कांग्रेस असन्तुष्ट पक्षको चुनौती, केन्द्रको निर्णय कुर्दै राप्रपा
काठमाडौँ । कोशी सरकार गठन प्रक्रिया रोचक मोडमा पुगेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयपछि सरकार गठन प्रक्रियाले रोचक मोड लिएको हो ।
मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस संस्थापक पक्षको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् । त्यस्तै एमालेको साथ लिएर कांग्रेसका असन्तुष्ट पक्षका सांसदहरूको तर्फबाट केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । यद्यपि अहिलेसम्म उनको दाबी पेस भएको छैन । तर गठबन्धनमा निर्णायक मानिएको राप्रपा केन्द्रको निर्णय कुरेर बसेको छ ।
केन्द्रको निर्णयबिना आफूहरूले कसैलाई पनि समर्थन नगर्ने राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले बताए । ‘मुख्यमन्त्रीमा क–कसले दाबी गरे हामीलाई जानकारी छैन । पार्टीको आधिकारी निर्णय नआएसम्म राप्रपाले कसैलाई पनि समर्थन गर्दैन’, उनले भने ।
यसै विषयमा निर्णय गर्न राप्रपाले शुक्रवार बिहान पदाधिकारी बैठक बोलाएको छ । सबै विकल्पमा छलफल गरी निर्णय लिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताइसकेका छन् । ९२ सदस्यीय प्रदेशसभा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । सत्ता गठबन्धनबाट कांग्रेसको २९, माओवादी केन्द्रको १२, एकीकृत समाजवादीको ४ र जसपाको एक गरी ४७ सांसद छन् ।
विपक्षी गठबन्धनमा एमालेको उपसभामुखसहित ४० र कांग्रेसका असन्तुष्ट पक्षका ८ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ । निर्णायक शक्ति मानिएको राप्रपासँग ६ सिट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण