बजार
सातामा प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य
शनिबार, २७ असोज २०८०, ११ : ५८
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साता शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले वृद्धि भएर सुनको कारोबार भएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।
सुनको मूल्य बढेको साता चाँदीको मूल्यमा समेत तोलामा ३५ रुपैयाँको वृद्धि आएको छ । महासंघकाअनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारमा चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण