मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
काठमाडाैँ । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहबिच अध्यक्ष डा.दत्तले आयोगको पाँचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस गरेका हुन् ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीहरू मध्ये ९०.८ प्रतिशत उजुरीमाथि आयोगले कारबाहीको लागि सिफारिस गरेको जनाएको छ । सो प्रतिवेदन मार्फत आयोगको नामको अगाडी 'राष्ट्रिय' शब्द थपेर राष्ट्रिय मधेसी आयोग राख्न आयोगले सिफारिस गरेको छ ।
आयोगले गाई-माइ को सुरक्षामा सरकारलाई गम्भीर हुन, भ्रूण हत्याको अन्त्य गर्न, सामुदायिक विद्यालयका शिक्षकहरूलाई जिम्मेवार बनाउन, तराई-मधेस क्षेत्रमा आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकासको लागि आवश्यक रणनीति बनाउन, बाल सुधार गृहमा थप सुधारका कार्यक्रमहरू ल्याउन जस्ता महत्त्वपूर्ण सिफारिसहरू गरेको छ ।
आयोगका अध्यक्ष दत्तले सरकार आयोगको सिफारिसहरू प्रति गम्भीर नहुनु चिन्ताजनक विषय रहेको बताएका छन् । सरकारको बेवास्ताले गर्दा मधेसी समुदायको सशक्तीकरणमा नकारात्मक असर परेको बताउँदै अध्यक्ष डा. दत्तले सरकारको मधेसी समुदाय प्रति सकारात्मक सोच हुनु अत्यावश्यक रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण