कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ : पूर्व मुख्यमन्त्री गिरी
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लीला गिरीले कृषिबाटै समृद्धि हासिल गर्न सकिने बताएका छन्। उनले आयात घटाउने, निर्यात बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताए ।
रुपन्देही तिलाेतम उत्कृष्ट सामूहिक विकास बचत तथा ऋण बहुउद्देश्यीय सहकारीको साधारणसभाको उद्घाटन गर्दै नेता गिरीले तीन खम्बे अर्थनीति र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले कैयन सहकारी तथा वित्तीय संस्थाहरूमा अपचलन भएका, सञ्चालकहरू भागेका, कालो सूचिमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको गुनासो सुनिएको बताउँदै सुरक्षित र स्तरीय वित्तीय संस्थाका रूपमा स्थापित गर्न पर्ने बताए ।
नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै रहेकाे उल्लेख्य गर्दै सोही अनुसार नीति बनाउनुपर्ने उनको भनाई थियो । उनले रोजगारीमा भौँतारिन थालेका बेलामा राज्यले नै स्पष्ट नीति बनाएर कृषिबाटै उत्पादन बढाउने, सहकारीका माध्यमबाट बजारीकरणको प्रवर्द्धन गर्न सकिने बताए ।
कृषि क्षेत्रको प्रभावकारी विकासका लागि हाम्रो साधन र स्रोतलाई पूर्ण रूपमा परिचालन गर्न कृषि अनुसन्धान एवं विस्तार र स्रोतहरूको प्रभावकारी प्रयोग गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण