जसपाका पाँचवटा जिल्ला समिति पुनर्गठन
शनिबार, २७ असोज २०८०, २२ : २९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँचवटा जिल्ला समिति पुनर्गठन गरेको छ । जसपा प्रचार प्रसार विभागले शनिबार पाँचवटा जिल्ला समिति पुनर्गठन गरिएको जानकारी दिएको हो ।
विभागका अनुसार बागमती प्रदेश अन्तर्गतका चारवटा जिल्ला भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र कोशी प्रदेशको इलाम जिल्ला समिति शनिबार पुनर्गठन गरिएको हो ।
भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङ जिल्लामा ईमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएको विभागको भनाइ छ । बागमती प्रदेश अन्तर्गतका चारवटै जिल्ला समिति २१ सदस्यीय रहेको छ ।
त्यस्तै शनिबार इलाम जिल्ला समिति पनि पुनर्गठन गरिएको विभागले जनाएको छ । छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण