पृथ्वीनारायण शाहको भूमिकालाई कसैले अस्वीकार गर्न सक्दैन : जनार्दन शर्मा
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको भूमिका महान् रहेको बताएका छन् । शाहको भूमिकालाई कुनै नेपालीले पनि अस्वीकार गर्न नसक्ने उनले बताएका हुन् ।
‘पृथ्वीनारायण शाह, जसले नेपालको एकीकरणमा भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको छ । उनको भूमिका कुनै नेपालीले पनि अस्वीकार गर्न सक्दैन सबैले उहाँको सम्मान गर्नेछन् । पृथ्वीनारायण जस्ता राजा अन्य भएको भए । विसे नगर्चीलाई गुरु मान्ने राजा अन्य भइदिएको भए सायद राजतन्त्रले निरन्तरता पाउन सक्थ्यो’, उनले भने ।
यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सबै नेपालीको समान हक रहेको उनले बताए । सबै नेपालीको बराबर हक लाग्ने भएकाले कसैको विशेषाधिकार नचल्ने जिकिर गरे । यसमा कुनै नेता, प्रधानमन्त्री वा राष्ट्रपतिको विशेषाधिकार रहेको बताए आफूलाई मान्य नहुने उनले बताए ।
‘लोकतन्त्रमा विशेषाधिकार कसैको छैन । कसैले त्यस्तो बताए हामीलाई मान्य छैन’, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र सबै नेपालको बराबर हक लग्छ ।’ सामाजिक न्याय, सुशासन र समृद्धिसहितको समाज निर्माणका लागि माओवादी निरन्तर अभियानमा लाग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण