बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दसैँ उत्सव : भाटभटेनीमा सामान किन्दा कार उपहार !

आइतबार, २८ असोज २०८०, १४ : ५६
आइतबार, २८ असोज २०८०

काठमाडौँ । दसैँ–तिहार तथा छठ चाडपर्व विशेष भाटभटेनी सुपरमार्केटमा आकर्षण छुट तथा उपहार योजना सुरु भएको छ । कम्पनीले आफ्नो जुनकुनै मार्केटबाट खाद्यान्नसहित लत्ताकपडा तथा गार्मेट सामग्री, विद्युतीय सामग्रीहरुको खरिदमा १० प्रतिशतदेखि २२ प्रतिशतसम्म नगद छुटको घोषणा गरेको हो । 

कम्पनीले आफ्नो रेडिमेट (तयारी) गार्मेट तथा फुटवेयर वस्तुको खरिदमा नगद १० प्रतिशत छुट दिने जनाएको छ । यस्तै, अन्य विद्युतीय सामग्री (इलेक्ट्रिक प्रोडक्ट) हरुमा अधिकतम् २२ प्रतिशतसम्म नगद छुट दिने  समेत कम्पनीले जनाएको छ । साथमा जुनकुनै सामग्री खरिद गर्ने ग्राहकले अनलाइन पेमेन्ट (भुक्तानी) गर्दा थप ५ प्रतिशत छुट पाउनेछन् ।

आकर्षक उपहार योजनामा कम्पनीले हरेक २५०० माथिको किनमेलमा ग्राहकलाई उपहार भौचर प्रदान गर्ने र लक्की ड्रमार्फत एक जनालाई टाटा मोटर्सको गाडी प्रदान गर्ने जनाएको छ । 

यस्तै, सुपरमार्केटमा उपलब्ध सेन्चुरीका उत्पादनको खरिदमा सुजुकी अल्टो कार जित्न सकिने समेत कम्पनीले जनाएको छ । 

यस्तै, युनिलिभरका उत्पादनहरुमा २ हजारमाथिको खरिदमा स्कुटर, वासिङ्ग मेसिन, एलईडी टीभीको साथमा आईफोन १३–प्रो.म्याक्स जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, सिताराम प्रोडक्टको खरिदमा समेत वासिङ्ग मेसिन, रेफ्रिजिरेटर (फ्रिज), टीभी लगायतका यस्ता थुप्रै घरायसी सामग्रीहरु जित्न सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप