भैरहवाको युनिभर्सल कलेजमा विद्यार्थीमाथि प्रहरीद्वारा लाठी प्रहार
काठमाडौँ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको छ। प्रहरीको लाठी लागेर केही एमबीबीएस अध्ययनरत विद्यार्थी घाइते भएका छन्। विभिन्न माग राखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको हो।
कलेजले एबीबीए अध्यनरत तेस्रो, चौथो, पाचौँ र ईन्टनसीप गर्ने विद्यार्थीका लागि कलेजले नयाँ ड्रेस कोड लागू गरेको थियो। त्यसको विरोधमा विद्यार्थीहरू शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन्। त्यहि विरोध प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेको हो।
कलेजका प्रिन्सिपल प्राडा लक्ष्मी पाठक तथा कलेज प्रशासनले प्रहरी बोलाएर विद्यार्थीहरूमाथि निर्घात कुटपिट गर्न लगाएको विद्यार्थीहरूको आरोप छ। उक्त घटनापछि विद्यार्थीहरूले सम्पूर्ण शैक्षिक गतिविधि तथा अस्पतालको इमेरजेन्सी लगायतका कुनै पनि सेवा प्रवाहमा आफुहरू संलग्न हुन नसक्ने विद्यार्थीहरूले जनाएका छन्।
आज नै प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा वार्ता गर्न खोजिएको थियो। तर, त्यो भन्दा अगाडि नै प्रहरी बोलाएर आफुहरूमाथि कुटपिट गरिएको उनीहरूको आरोप छ।
विद्यार्थीहरूले प्रिन्सिपल पाठकले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्। सुरूमा उनीहरूले ड्रेस कोड हटाउनुपर्ने माग राखेका थिए। तर, प्रिन्सिपल पाठकले अटेरी गरेको, उल्टै आफुहरूमाथि अनावश्यक लान्छना लगाउने जस्ता काम गर्दै आएको भन्दै विद्यार्थीहरूले अब पाठकको राजीनामा माग गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण