जुगल र कर्माको गीतिसंग्रह ‘कर्मा’ थाइल्याण्डमा सार्वजनिक
काठमाडौं । संगीतकार जुगल डँगोलको नयाँ गीतिसंग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच गीतिसंग्रह सार्वजनिक गरेको छ ।
थाईल्यान्डमै बसोबास गर्दै आएका नेपाली भाषी थाई कलाकारहरुको यो संग्रहमा बाहुल्यता रहेको छ । संग्रहमा पाँच वटा गीत छ । गीतकार कर्मा पनि थाईल्यान्ड बासी नै हुन् । संग्रहमा पाँच वटा गीत राखिएको छ । जसमा म तिमीलाई सम्झि रहन्छु..., जीवन एक सँघर्ष हो..., पुर्खाको देश..., हेर मेरो आँखामा... र थाई नेपाली संघको शिर्षका छन् ।
संग्रहको गीत मध्य एउटा गीत नेपाल गायक शिव परियारले गाएका छन् । अर्को गीत हेर मेरो आँखामालाई नेपाली गायिका केन्जुमा सुब्बा र थाईल्यान्डका कलाकार पुनराम भण्डारीले गाएका छन् । बाँकी अरु गीतमा थाईल्यान्डका कलाकारहरु अश्विन कुमार तामाङ, विक्की सेन्चुरी, राजा सुवेदी, चेस्टर लिम्बुको स्वर रहेको छ ।
संग्रहका गीतहरु म्युजिक भिडियो भने चाँडै बनाएर क्रमश रिलिज गर्दैजाने संगीतकार जुगल डँगोलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण