समाजवादी मोर्चाको सन्देश सभा कैलालीमा आज
काठमाडैँ । समाजवादी मोर्चाको गत भदौमा स्थगित भएको प्रदेशस्तरीय सन्देश सभा सोमबार हुदैछ । कैलालीको धनगढीमा सभा राखिएको मोर्चाका नेताहरुले बताएका छन् ।
भदौ १३ गते उपेन्द्र यादव बाहिर भएकाले र र भदौ २६ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण सभा स्थगित भएको थियो ।
सोमबार १ बजे धनगढीस्थित सौराही पार्टी प्यालेसमा हुने सभामा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले बताइन्।
उनका अनुसार सभाको प्रमुख अतिथि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् भने विशिष्ट अतिथिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहनेछन् ।
त्यस्तै वक्ताका रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सहभागी हुदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण