बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मनोहर भण्डारीले ल्याए दसैँ गीत ‘आउँछु घर दसैँमा’

सोमबार, २९ असोज २०८०

काठमाडौंँ । दसैँ नजिकिदै गर्दा दसैँ विशेष गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको दशैं गीत ‘आउँछु घर दसैँमा’ सार्वजनिक गरिएको छ । 

गायक भण्डारीकै शब्द तथा संगीत रहेको गीतमा  एरेन्ज जय देवकोटाले गरेका छन् । गीतको भिडियोमा दसैँका लागि विदेशमा रहेका युवक घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा भुवन.के पोखरेल र अनिशा पराजुलीको अभिनय छ । 

गायक भण्डारीके निर्देशन रहेको भिडियोमा छायांकन तथा सम्पादन प्रवेश पोखरेलको छ । भिडियोमा रहेको एक्सन निर्देशन छवि भुषाल र रिकेश धिताल गरेका छन् ।

दशैं लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै दर्जन गीत सार्वजनिक गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया