बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
सारांश
- बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आज बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक राजीनामा बुझाउने भएका छन् ।
- मन्त्रीहरूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
- राजीनामासँगै एमालेले मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी गरेको छ ।
काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । आज बुधबार उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका हुन् ।
उनीहरूले मुख्यमन्त्री वानियाँलाई दिउँसो २ बजे भेटेर राजीनामा पत्र बुझाउन लागेका हुन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै लेखेको मन्त्रीहरूले राजीनामा बुधबारबाटै लागू हुनेगरी राजीनामा दिएको उल्लेख छ । पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।
साथै, उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । राजीनामासँगै बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने एमालेको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण