बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु

बुधबार, ०६ साउन २०८३, ११ : २१
बुधबार, ०६ साउन २०८३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि 'प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो ।  

एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवबात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्ध भूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन् ।  

डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएको बैंकको भनाइ छ । ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा र अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप