‘आरती’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को ट्रेलर सार्वजनिक भएको छ । घटस्थापनाका दिन सार्वजनिक ट्रेलर मैथिली र नेपाली गरी दुई भाषामा रिलीज भएको छ ।
‘आरती’को कथावस्तु बलात्कार र महिला हिंसामाथि आधारित छ । सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कँडेल र संसार अधिकारीको प्रमुख अभिनय छ ।
‘आरती’ मा रोशन दासको कथा र निर्देशन छ भने कथा लेखन हिकमत शर्माले गरेका हुन् ।
मैथिली भाषामा न्यारेशन र संवाद–अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डबिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको छ ।
उक्त सिरिज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन् । आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर छन् ।
आदर्श प्रोडक्सन्स यूट्युब च्यानलमा मैथिली र ओएसआर डिजिटल च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको साहित्यकर विद्यानन्द बेदर्दीले बताए ।
६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरिजको सम्पूर्ण एपिसोड ओटीटी प्लेटफर्म नेट टीभी र ग्यालेक्सी टीभीमा प्रसारण हुने भएको छ ।
वेब सिरिजमा न्यायालय सत्ताधारीको औँलाको ईशारामा चल्ने, बलात्कार गरेर हत्या गरिएको वा दाइजोकै कारण मारेर देखावटी रुपमा फाँसीमा झुण्ड्याइएका आरतीहरूलाई न्याय दिन कति बेइमानी भइरहेको छ भन्ने कुरालाई चित्रण गरिएको छ । यस सिरिजमा इतिहासमा सती प्रथाका कारण सती जानेहरू देशलाई सरापेको तर समाजका दानवहरूले आफ्नो स्वार्थका लागि ज्यानको आहुति दिन बाध्य बनाउने चेलीबेटीहरूद्वारा समाज र देश श्रापित नहोस् भन्ने आम जनता भावलाई यस सिरिजमा प्रस्तुत गरिएको बेदर्दीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण