बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘आरती’ को ट्रेलर सार्वजनिक

सोमबार, २९ असोज २०८०, १५ : ३८
सोमबार, २९ असोज २०८०

काठमाडौँ । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को ट्रेलर सार्वजनिक भएको छ । घटस्थापनाका दिन सार्वजनिक ट्रेलर मैथिली र नेपाली गरी दुई भाषामा रिलीज भएको छ ।

‘आरती’को कथावस्तु बलात्कार र महिला हिंसामाथि आधारित छ । सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कँडेल र संसार अधिकारीको प्रमुख अभिनय छ ।

‘आरती’ मा रोशन दासको कथा र निर्देशन छ भने कथा लेखन हिकमत शर्माले गरेका हुन् ।

मैथिली भाषामा न्यारेशन र संवाद–अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डबिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको छ ।

उक्त सिरिज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन् । आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर छन् ।

आदर्श प्रोडक्सन्स यूट्युब च्यानलमा मैथिली र ओएसआर डिजिटल च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको साहित्यकर विद्यानन्द बेदर्दीले बताए ।

६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरिजको सम्पूर्ण एपिसोड ओटीटी प्लेटफर्म नेट टीभी र ग्यालेक्सी टीभीमा प्रसारण हुने भएको छ । 

वेब सिरिजमा न्यायालय सत्ताधारीको औँलाको ईशारामा चल्ने, बलात्कार गरेर हत्या गरिएको वा दाइजोकै कारण मारेर देखावटी रुपमा फाँसीमा झुण्ड्याइएका आरतीहरूलाई न्याय दिन कति बेइमानी भइरहेको छ भन्ने कुरालाई चित्रण गरिएको छ । यस सिरिजमा इतिहासमा सती प्रथाका कारण सती जानेहरू देशलाई सरापेको तर समाजका दानवहरूले आफ्नो स्वार्थका लागि ज्यानको आहुति दिन बाध्य बनाउने चेलीबेटीहरूद्वारा समाज र देश श्रापित नहोस् भन्ने आम जनता भावलाई यस सिरिजमा प्रस्तुत गरिएको बेदर्दीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप