आइफोन १६ का सबै भर्जनमा ३एनएमको ए१८ प्रो प्रोसेसर हुने
काठमाडौँ । सन् २०२२ मा आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १४ र आइफोन १४ प्लस मोडल आफ्नो पछिल्लो प्रसेसर बिनै ल्यायो । यो खबरले कम्पनीको कयौं फ्यानहरुलाई झट्का लागेको थियो । दुबै मोडलमा अघिल्लो वर्ष आएको ए१५ बायोनिक चिप राखिएको थियो ।
आइफोन १४ को महँगो मोडल आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स मोडलमा भने ए१६ बायोनिक चिप थिए । हालै मात्रै कम्पनीले ल्याएको आइफोन १५ मोडलमा पनि यस्तै गरियो । सस्तो खालको फोनमा पुरानो चिप हालेर महँगो खालको फोनमा ब्रान्ड न्यू ए१७ प्रोस एसओसी राखियो ।
तर आगामी वर्ष ल्याइने आइफोन १६ को सिरिजमा भने यस्तै स्थिति नदोहोरिने देखिएको छ । डब्ल्यूसीसीएफ टेकको एक समाचारअनुसार एप्पलले आगामी वर्ष सार्वजनिक गर्ने आइफोन १६ का मोडल र प्रो मोडल दुबैमा नयाँ ए१८ प्रो प्रोसेसर हुनेछ । यो चिप ताइवाई चिप निर्माता कम्पनी टीएसएमसीले दोस्रो पुस्ताको एन३ई थ्रीएनएम प्रोसेस नोडबाट बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण