बाँकेमा बस पल्टिँदा विद्यार्थीको मृत्यु
सोमबार, २९ असोज २०८०, २१ : २६
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा एक विद्यालयको बस पल्टिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका–६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए ।
प्रहरी निरीक्षक मल्लका अनुसार आज साँझ विद्यालयबाट घर पुर्याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर पुलबाट बस पल्टिँदा विद्यार्थी नेपालीको मृत्यु भएको हो । उक्त बसमा करिब ४० विद्यार्थी सवार थिए । तीमध्ये ३० सामान्य घाइते भएका छन् । घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराई घर फर्काइएको छ । एक गम्भीर घाइतेलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण